थप ४४ जनामा कोरोना पुष्टि

हेटौँडा/ नेपालमा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ९४ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा ४ हजार ४९५ पीसीआर परीक्षणमा ३५ जना र २ हजार ९९ एन्टीजेन परीक्षणमा ९ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा ४ सय ८१ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर २ हजार ६ सय ८८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २ हजार ६ सय ३७ जना होम आइसोलेसनमा रहेका छन् भने ५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २३ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

समाज