लामो समयपछि आज हेटौंडामा पानी पर्यो

८ चैत,हेटौंडा – लामो समयपछि आज हेटौंडा लगायत आसपासका क्षेत्रमा पानी परेको छ । पछिल्लो समय गर्मी अत्यधिक बढिरहँदा आज दिउँसोको करिब २ बजे देखि पानी परिरहेको हो ।

मौसम बिदका अनुसार आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुने भनिए पनि हेटौंडामा भने पानी परेको छ ।

अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेको छ । यही प्रणालीको प्रभावका कारण पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँकाअनुसार आज दिउँसोपछि प्रदेश-१ का पहाडी क्षेत्रका एक, दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ ।

भोलि भने प्रदेश-१ सहित वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । यस्तै, पर्सिको मौसम पनि यस्तै रहने मौसमविद्ले बताएका छन् ।

मुख्य समाचार समाज