डिएसपी मधुकुमार थापाको हेटौंडामा सरुवा

९ चैत , हेटौंडा – जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी प्रमुख एवं डिएसपी मधुकुमार थापाको सरुवा हेटौंडामा भएको छ । प्रहरी प्रधान कार्यायलले थापा सहित २५ डिएसपीको सरुवा गरेसँगै थापाको बागमति प्रदेश प्रहरी कार्यालय हेटौडा मकवानपुरमा सरुवा भएको हो ।

जाजरकोटमा भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत सन्तोष निरौला डिएसपीका रुपमा जाने छन् । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा प्रहरी प्रधान कार्यालयले डिएसपीको काज सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा आवश्यकताका आधारमा डिएसपीहरुलाई तोकिएको क्षेत्रमा खटिएर काम गर्न निर्देशन दिइएको छ । डिएसपी थापा यस अघि हेटौंडामा प्रहरी निरीक्षकका रुपमा रहँदा धेरै लोकप्रिय रहेका थिए ।

प्रदेश समाचार मुख्य समाचार समाज