एमाले केन्द्रीय कमिटी बैठक बस्दै

हेटौँडा/ नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । बैठक विहान ११ बजे बबरमहलस्थित कार्की ब्याक्वेटमा बस्ने हो ।

बैठक दुई दिन चल्ने बैठकमा स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, केन्द्रीय कमिटीका लागि पार्टी कामको रिपोर्टिङ, समसामयिक राजनीतिक प्रतिवेदन लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

मुख्य समाचार राजनीति समाचार