नेपाल आदिवासी जनजाति महासंघको दशौं महाधिवेशन आजदेखि नवलपुरको कावासोतीमा सुरू हुँदै

हेटौँडा नेपाल आदिवासी जनजाति महासंघको दशौं महाधिवेशन आजदेखि नवलपुरको कावासोतीमा सुरू हुँदैछ। कोरोना महामारीका कारण पटकपटक स्थगित हुँदै आएको महासंघको महाधिवेशन आजदेखि हुन लागेको हो।

महाधिवेशन बुधबार दिउँसो १ बजे गृहमन्त्री बालकृष्ण खाँणले उदघाटन गर्ने कार्यक्रम रहेको महासंघ संघीय परिषदका अध्यक्ष जगत बरामले जानकारी दिए। बुधवारसम्म चल्ने महाधिवेशनमा देशभित्रका जातीय संगठनका प्रतिनिधि, देशबाहिर रहेका शाखालगायतका गरी ४२० जनाप्रतिनिधि र २०० पर्यवेक्षक सहभागी हुने अध्यक्ष बरामले बताए।

महाधिवेशनले ५६ जना महिला र ५६ जना पुरुषसहितको ११२ सदस्यीय नयाँ संघीय समिति चयन गर्नेछ। महाधिवेशनको उद्घाटन अघिकावासोतीको फलफूलचोकदेखि कार्यक्रम स्थल पानस होटलसम्म आदिवासी जनजातिका जातीय झाँकीसहितको र्‍याली निकाल्ने तयारी छ।

समाचार समाज