नेपालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

हेटौँडा/ नेपालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ५ हजार ३ सय ७६ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा ३ हजार ८ सय ५५ पीसीआर परीक्षणमा ३४ जना र १ हजार ५ सय २१ जनाको एन्टिजेन परीक्षणमा ४ जना गरी ३८ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ५३ जना पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा देशभरका २ सय ६९ जना संक्रमणमुक्त भएका छन् ।

समाज