आइतबार सार्वजनिक बिदा

१२ चैत , मक्रान्चुली- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले चैत १३ गते आइतबार सार्वजनिक बिदा दिएको छ । पालिकाले आज एक सुचना जारी गरि सो कुराको जानकारी गराएको हो ।

चैत १२ गते शनिबार पालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गरिएको अवसरमा आइतबार बिदा दिइएको सुचनामा जनाइएको छ । गाउँपालिका क्षेत्र भरीका सरकारी तथा गैरसरकारी संस्थाहरुमा सार्वजनिक बिदा लागु हुनेछ ।

आजको घोषणा सँगै मकवानपुरगढी गाउँपालिका देशभरीमा चौथो तथा बागमती प्रदेशभरीमा तेस्रो बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा भएको छ ।

प्रदेश समाचार मुख्य समाचार स्थानीय