भुन्द्रुङमा ट्रयाक्टर दुर्घटना हुँदा स्याङ्तानको मृत्यु

हेटौँडा/ हेटौंडा-१९ बस्तिपुर भुन्द्रुङमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रयाक्टर चालक राक्सिराङ-८ का २८ बर्षीय सागर स्याङ्तान रहेका छन् । उनको ट्रयाक्टरमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिहान करिब २ बजे राप्तिखोलामा भुन्द्रुङबाट बस्तिपुर हाईवेतर्फ आउँदै गरेको ना ६ त १८४५ नम्बरको ट्रयाक्टर काठको पुलबाट तर्ने क्रममा अचानक पुल भाँचिएको थियो । पुल भाँचिएर दुर्घटना हुँदा स्याङ्तान पानिमुनि ट्याक्टरले च्यापिको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

समाज