नेकपा एमाले मकवानपुरमा मनोनित गरीएका जिल्ला सदस्यहरुले लिए सपथ

 

हेटौंडा / नेकपा (एमाले) मकवानपुर जिल्ला कमिटीले मनोनित गरेको जिल्ला कमिटी सदस्यहरुको आज सपथ ग्रहण गराईएको छ ।
नेकपा एमालेको पार्टी कार्यालयमा मनोनित जिल्ला सदस्यहरुले सपथ ग्रहण गरेका हुन् ।
उनीहरुलाई नेकपा एमाले मकवानपुर जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले पद तथा गोपनियताको सपथ गराउनुभएको हो ।

एमालेको केन्द्रिय बिधान बिधान अनुरुप एमाले मकवानपुरको दोस्रो जिल्ला बैठकले २७ जना नेताहरुलाई जिल्ला सदस्यमा मनोनित गरेको थियो ।

जिल्ला कमिटीले सदस्यमा शिबहरि दाहाल, सन्तोष चौलागाईं, धरम लामा, रामचन्द्र न्यौपाने, बिष्णु ढकाल,नरेन्द्र रिजाल, इश्वर मैनाली, उपेन्द्र अधिकारी, कुमार केसी, जगन्नाथ पाण्डे, टेकबहादुर डिमडुङ, प्रेम बोलखे, बखतलाल चेपाङ, मिलन पाठक, राजन दंगाल, विमला बर्तौला, शालिकराम ढकाल, शुभराज थिङ, सन्तोष पौडेल, सरिता परियार, सानुभाई विष्ट, सुधिर थापा, सुनिल लोप्चन, सुरेन्द्र विष्ट, सुवोध रिमाल, विष्णु चौंलागाई, शिशिर सुवेदीलाई मनोनीत गरेपछि आज सपथ ग्रहण गराएको हो ।

एमाले मकवानपुर जिल्ला अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको भएको सपथ ग्रहण कार्यक्रममा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, संविधानसभा सदस्य अनन्त पौडेल तथा राष्ट्रियसभा सदस्य रामचन्द्र राई, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाललगायतको उपस्थिति रहेको थियो ।

मुख्य समाचार राजनीति समाचार स्थानीय