हेटौंडामा ब्यक्तिगत घटना तथा सामाजिक सुरक्षा दर्ता सिविर संचालन

९ चैत ,हेटौंडा – हेटौंडामा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता सिबिर संचालन गरिएको छ l हेटौडा उपमहानगरपालिका वडा नं. ५ स्थित बन उपभोक्ता समितिको भवनमा आज देखि सिविर संचालन गरिएको छ lहेटौडा उपमहानगरपालिकाको कार्यालयको आयोजनामा सिविर संचालन गरिएको हो ।

व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता सिबिर हेटौडा उपमहानगरपालि भरीमा ३ स्थानमा संचालन हुने छ । घटना दर्ता तथा सामाजिक सुरक्षा सिविरले हेटौडा उपमहानगरपालिका भित्र बाँकि रहेका दर्ताहरु शतप्रतिशत गर्ने लक्ष्य लिएकोछ l

व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता सिविर भोलि हेटौडा उपमहानगरपालिका वडा नं ६, १७ र १८ नं मा बिहान १० बजे दखि ५ बजे सम्म संचालन हुने छ l

व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता सिविरको सुरुवात हेटौडा उपमहानगरपालिकाका नगर प्रमुख हरि बहादुर महतले सेवाग्राहीलाइ जन्म दर्ता हस्तान्तरण गरि उद्घाटन गर्नुभएको छ l उद्घाटनमा हेटौडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, महाशाखा प्रमुख भिम प्रसाद तिमल्सिना र सुचना अधिकारी भानुभक्त थपलियाको उपस्थिति रहेको थियो l

मुख्य समाचार समाचार समाज