प्रदेश १ मा थपिए तीनवटा सार्वजनिक बिदा

हेटौँडा/ प्रदेश १ सरकारले तीन वटा सार्वजनिक बिदा थप गरेको छ। मंगलवार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले संघीय सरकारले २०७९ सालका लागि स्वीकृत गरेकाबाहेक प्रदेशमा तीन वटा सार्वजनिक बिदा थप गरेको हो।

यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले भदौ ४ गते मनाइने राधाकृष्ण रथयात्रा, कात्तिक १४ गते हुने छठ पर्वको समापनका दिन र कात्तिक २५ गते मनाइने महागुरू फाल्गुनन्द जयन्तीका दिन प्रदेशमा सार्वजनिक बिदा दिइने निर्णय भएको जानकारी दिए।

बैठकले असाध्य रोग लागेका २१ जना बिरामीको मागअनुसार उपचार खर्चबापत अनुदान दिने, अन्तर्राष्ट्रिय विकास सहायता परिचालन तथा समन्वयसम्बन्धी कार्यविधि, २०७८ स्वीकृत गरी राजपत्रमा प्रकाशन गर्ने र वित्तीय समानीकरण अनुदान तथा राजश्व बाँडफाँटको बजेट सीमा निर्धारण गर्ने सम्बन्धको प्रस्ताव पनि बैठकले अनुमोदन गरेको छ। यस्तै‚ कृषि मन्त्रालयले प्रस्तुत गरेको ‘प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान ९पहिलो संशोधन० नियमावली २०७८’ स्वीकृत गरेको छ।

त्यसैगरी, पर्यटन तथा संस्कृति मन्त्रालयले प्रस्तुत गरेको पदमार्गमा आधारित पर्यटन विकास परियोजना प्रतिवेदन र प्रदेश प्रज्ञाप्रतिष्ठान विधेयक, २०७८ प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको यातायात व्यवस्था तथा सञ्चारमन्त्री घिमिरेले जानकारी दिए।

मुख्य समाचार समाचार