भीमफेदीमा सवारी दुर्घटना हुँदा हेटौंडा-८ का रिमालको मृत्यु

हेटौँडा/ मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर १ सुन्दरीमाईस्थित आज दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कमाने बस्ने ३१ वर्षीय प्रमोदकुमार रिमाल रहेका छन । । मृतक रिमाल मोटरसाइकल चालक हुन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको १ बजेर ५० मिनेटको समयमा मृत्यु भएको हो ।

दिउँसो १ बजेको समयमा हेटौंडाबाट भैसेतर्फ जाँदै गरेको ना १ ज ३४७२ नम्वरको सुमो र विपरित दिशातर्फबाट आउँदै गरेको ना ४९ प २५५६ नम्वरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले दुबै सवारीसाधन र सुमो चालक काठमाडौं महानगरपालिका वडा नम्वर १४ बल्खु बस्ने ३९ वर्षीय अर्जुन भण्डारीलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

समाज स्थानीय