चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किए

हेटौँडा/ नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । २५ सदस्यीय भ्रमण टोलीसहित शुक्रबार काठमाडौं उत्रिएका वाङ आइतबार स्वदेश फर्किएका हुन् । शनिबार विहान नेपालका समकक्षी डा।नारायण खड्कासँग उनले भेटघाट गरेका थिए । त्यसअघि उनी बिहान साढे ६ बजे नै शिवपुरीमा हाइकिङ गएका थिए । परराष्ट्रमन्त्री डा। नारायण खड्का र चिनियाँ विदेशमन्त्री यी को उपस्थितिमा शनिबार नै सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल र चीनबीच नौबुँदे समझदारी भएको थियो ।

 

 

 

 

 

 

शनिबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए । वाङले आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए।

 

विदेशमन्त्री वाङले भेघअघि दूतावासका अधिकारीहरुसँग नेपालको पछिल्लो परिस्थितिबारे जानकारीसमेत लिएका थिए ।

मुख्य समाचार राजनीति समाचार