अष्ट्रेलिया प्रवेश गर्न पीसीआर रिपोर्ट नचाहिने

हेटौँडा/ अष्ट्रेलिया प्रवेश गर्न पीसीआर रिपोर्ट नचाहिने भएको छ । अष्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले विदेशी यात्रुले अष्ट्रेलिया प्रवेश गर्नुअघि पीसीआर परीक्षणको व्यवस्था हटाइएको जानकारी दिएका छन् । कोरोना भाइरसविरुद्ध खोपको तीव्रतासँगै महामारीको जोखिम कम भएको अनुमानसहित नयाँ व्यवस्था गरिएको बताइएको छ ।

पीसीआर रिपोर्ट अनिवार्य नभएपनि मास्कको प्रयोगलाई अनिवार्य गर्ने व्यवस्थालाई भने निरन्तरता दिइएको अष्ट्रेलियाका सञ्चारमाध्ययमहरुले जनाएका छन् । अहिले अष्ट्रेलियन नागरिक र त्यहाँ स्थायी बसोबास गर्नेहरुका लागि खोप नभएपनि प्रवेश अनुमति दिइँदै आइएको छ ।

परदेश समाचार