कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै

हेटौँडा/ नेपाली कांग्रेसको शुक्रबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठक आज (सोमबार) पनि बस्ने भएको छ । पार्टी कार्यालय सानेपामा जारी बैठक आज पुनः बस्ने गरी बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौड्यालले जानकारी दिए ।

उनका अनुसार, बैठक बिहान साढे ११ बजे पुनः बस्ने तय भएको छ । आज बस्ने कांग्रेस बैठकले स्थानीय निर्वाचनमा तालमेलका लागि सैद्धान्तिक निर्णय लिने भएको छ । आइतबार बसेको बैठकमा ५० भन्दा बढी केन्द्रीय समितिका सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।

मुख्य समाचार राजनीति समाचार