शिक्षक सेवा आयोगको परीक्षाका कारण विद्यालय पठनपाठन प्रभावित

हेटौँडा/ शिक्षक सेवा आयोगको परीक्षाका कारण विद्यालय पठनपाठन प्रभावित बनेको छ ।

चैत १५, १७, १९ र २१ गते हुने परीक्षा दिन शिक्षकहरु विद्यालयमा कार्यरत अस्थायी, करार र स्थायी शिक्षकसमेत ठूलो संख्यामा एकैपटक परीक्षामा सामेल हुन भन्दै बिदामा बसेपछि विद्यालयको पठनपाठन प्रभावित बनेको हो ।

कोरोना महामारीको कारण पठनपाठन प्रभावित बनेपछि चैतभर पढाइ हुने र वैशाखमा मात्रै परीक्षा गर्ने, नतिजा प्रकाशन गर्ने तथा भर्ना सुरु गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्णय गरेको थियो । तर केही शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तहहरुले शिक्षक सेवा आयोगको परीक्षाको कारण आगामी वर्षे विदामा कट्टा हुने गरी ६ दिनको विदा दिएका छन् ।

मुख्य समाचार समाचार समाज