एक करोड ४८ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न बहुउदेसीय कबर्डहलको उद्घाटन्

हेटौँडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ पारिजातपथमा निर्माण भएको सुबिधा सम्पन्न बहुउदेसीय कबर्डहलको आज उद्घाटन् गरिएको छ । कबर्डहलको उद्घाटन् गर्दै उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले हेटौंडालाई खेलमय बनाउन लागिपरेको बताउनुभयो ।

हेटौंडाको पीप्लेरंगशाला, यस कबर्डहल निर्माणका अधुरा काम पुरा गर्नका लागि उपमहानगरपालिकाले आगामी बजेटमा पनि संबोधन गर्ने, हेटौंडामा खेलक्षेत्रका धेरै पूर्वाधार निर्माणको कामसंगै खेलाडी उत्पादनको काम भएको मेयर महतको भनाई छ ।

कार्यक्रममा हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देलले पाँच वर्षमा उपमहानगरपालिकामा खेलकुदका धेरै काम भएको बताउनुभयो । समाजसेवि पुरनबहादुर जोशीले अहिलेको मेयरले खेलकुदलाई धेरै प्राथमिकता दिएर काम गरेको बताउनुभयो । खेलक्षेत्रका अधुरा काम सम्पन्न गर्नका लागि मेयरमा हरिबोलनै दोहोरीनुपर्ने जोशीको सुझाब छ । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीले खेलकुदका क्षेत्रमा राम्रा काम भएको बताउनुभयो । कुल एक करोड ४८ लाख रुपैयाँ लागतमा कबर्डहल, सौचालय, महिलाका लागि छुट्टै जिमक्लब निर्माण गरेको हो ।

बहुउदेसीय कबर्डहल निर्माणको काम सकिएको छ भने महिलाहरुका लागि भने जिम गर्नका लागि अहिले नयाँ बनिरहेको जिम क्लब समेत माथील्लो तलामा खेलाउने तयारी रहेको छ । छुट्टै उपभोक्ता समिति मार्फत काम भइरहेको छ । अहिले बनिरहेको नयाँ भवनमा बाहिरी जिल्ला टाढाबाट खेलाडी आएमा बस्नका लागि कोठा समेत निर्माणको काम भइरहेको छ ।

यस कबर्डहल भित्र तेकन्दो, बक्सिङ, कराते, उसु, कबड्डी, जुडो, ब्याडमिन्टन, टेबलटेनिस लगायतका खेल खेलाउन सकिने कबर्डहल निर्माण उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र ढकालले बताउनुभयो । खेल खेलाउन मात्र होइन दर्शकलाई हेर्नका लागि पनि सुबिधा सम्पन्न प्याराफिट निर्माण गरिएको छ । प्याराफिटमा बसेर सजिलैसंग खेल हेर्न पाएपछी खेलप्रेमी युवाहरु औधी खुसी भएको उहाँले बताउनुभयो ।

कबर्डहलमा दुइतिर गरेर एकै पटक पाँच सय दर्शक प्याराफिटमा बसेर खेल हेर्न सक्नेछन् । बक्सिङ र करातेका खेलाडीका लागि यही हलमा तालिम समेत दिइसकेको छ । १३ औं दक्षिण एसीयाली खेलकुदमा सहभागि हुने खेलाडीका लागि बन्द प्रशिक्षण समेत गरिएको ढकालले जानकारी दिनुभयो । यस हलमा एका बिहानै जिम गर्न आउनेहरु पनि त्यतीकै छन् । यही प्रकारको कबर्डहल मकवानपुर जिल्लामा मात्र नभइ देशका धेरै जिल्लामा छैन । हेटौंडा उपमहानगरपालिकाको पूर्ण लगानीमा निर्माण भएको यस कबर्डहल निर्माण भएपछी खेलकुदमा रमाउनेहरु खुसी समेत भएको बताउँछन् ।

खेलकुद समाज