राई माथी छुरा प्रहार गर्ने यादब अझै फरार

हेटौँडा/ शुक्रबार साँझ हेटौंडा-७ हरियालीमा एक युवती माथी छुरा प्रहार गर्ने हेटौंडा-२ का एक युवक अझै फरार रहेको मकवानपुर प्रहरीले जनाएको छ। युवती माथि छुरा प्रहार गरेर भाग्नेमा हेटौंडा-२ न्यु मनकामना चोक बस्ने २९ वर्षीय सिर्जन यादब रहेको उनी अझै फरार रहेको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी जयश्वर रिमालले बताएका छन्।

शुक्रबार साँझ हेटौंडा –७ हरियालीमा सोही स्थानमा बस्ने २४ वर्षीय अनिशा राई आफ्नै घर नजिकै यादवले छुरा प्रहार गरेका थिए।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले यादवको खोजी कार्य भईरहेको जनाएका छन्।

घाइते अनिसा मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको सञ्जाल सदस्य, सानाहातहरु नेपालका सदस्य, सुरक्षित वैदेशिक रोजगार परामर्श दाताको रुपमा कार्यरत रहेको बुझिएको छ।उनको काठमाडौंमा रहेको ट्रमा सेन्टरमा चिन्ताजनक अवस्थामा उपचार भइरहेको जनाइएको छ।

समाज