न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलन राष्ट्रपति भण्डारीद्वारा उद्घाटन

हेटौँडा/ न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् । पोखराको सभागृहमा शुरु भएको सम्मेलनको भण्डारीले उद्घाटन गरेकी हुन् ।

कार्यक्रममा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य लगायतको सहभागिता रहेको छ । सम्मेलनमा देशका ७५३ वटै पालिकाका न्यायिक समितिका प्रमुख एवम् सदस्यको उपस्थिति छ । सम्मेलनमा न्यायिक समितिका समस्या, चुनौति र गठन भएपछिका मूख्य उपलव्धीहरुबारे छलफल हुने जनाईएको छ ।

गण्डकी प्रदेश प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार