मकवानपुरमा २ क्विन्टल ६५ केजी गाँजा सहित ५ जना पक्राउ

हेटौँडा/ मकवानपुरका दुइ स्थानबाट प्रहरीले २ क्विन्टल ६५ केजी गाँजा सहित ५ जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ चौकीटोल र मनहरी गाउँपालिका वडा नम्वर ६ लोथर खोलाबाट २ सय ६५ किलो लागूऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा हेटौडा उपमहानगरपालिका–१३ पदमपोखरी बस्ने २८ वर्षीय अरबिन्द नेपाली, धादिङ रोराङ्ग–२ बस्ने ३० वर्षीय मानबहादुर चेपाङ्ग, ३९ वर्षीय सन्तबहादुर चेपाङ्ग, मनहरी–३ बस्ने ५३ वर्षीय बुद्धीबहादुर थिङ्ग र चितवन राप्ती नगरपालिका–११ बस्ने ५५ वर्षीय सञ्चबहादुर थिङ्ग रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

आईतबार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौकीटोल मकवानपुरबाट खटिएको प्रहरी टोलीले प्रहरी चौकी चौकिटोलको कार्यालय अगाडी सवारी साधानहरु रोकी चेकजाँच गर्ने क्रममा भैसेबाट हेटौंडा तर्फ आउदै गरेको प्र ३–०१०२३ च ५६४० नंंबरको पिकअप गाडिलाई रोकी चेक जाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको लागू औषध गाँजा १६५ किलो ८०० ग्राम सहित एक जना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौंडा १३ पदमपोखरी बस्ने २८ वर्षीय अरबिन्द नेपाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरि,सोमबार आज बिहान विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला मकवानपुर मनहरी ६ स्थित लोथर खोला हुदै खयरघारी तर्फ शंकास्पद रुपमा पिढ्युमा बोकेको बोराहरुमा अवस्थामा ४ जनालाई १०० किलो गाँजा सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा जिल्ला धादिङ रोराङ्ग गाउँपालिका वडा नंबर २ बस्ने ३० वर्षीय मान बहादुर चेपाङ्ग,सोहि ठाउँका ३९ वर्षीय सन्त बहादुर चेपाङ्ग,मकवानपुर मनहरी गाउँपालिका वडा नंबर ३ बस्ने ५३ वर्षीय बुद्धी बहादुर थिङ्ग र जिल्ला चितवन राप्ती नगरपालिका वडा नंबर ११ बस्ने वर्ष ५५ को सञ्च बहादुर थिङ्ग रहेका छन् । पक्राउ परेकाहरु माथि आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Uncategorized समाज स्थानीय