न्यायिक राष्ट्रिय समिति गठन

हेटौँडा/ न्यायिक राष्ट्रिय समिति गठन भएको छ।

पोखरामा सम्पन्न राष्ट्रिय सम्मेलनले पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङको संयोजकत्वमा ११ सदस्यीय न्यायिक समिति महासंघ गठन भएको हो।

समितिमा विराटनगरकी उपमेयर इन्दिरा कार्की, धरानकी उपमेयर मन्जु भण्डारी, धुलिखेलकी बिमलाकुमारी शर्मा फलेवासकी मञ्जु अधिकारी सदस्य छन्।

यस्तै कन्चनपुर पुनर्वासकी शारदा शर्मा विष्ट, सिम्ता गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाही, रिब्दीकोट​ गाउँपालिकाकी लक्ष्मी खनाल, सबैला नगरपालिका उपमेयर दुर्गा प्रसाद राय, जैमिनी नगरपालिका उपमेयर लिला थापा राना र इन्द्रावती गाउँपालिका उपाध्यक्ष रविन्द्र कुमार खाती सदस्य छन्।

समितिले न्यायिक समितिका अनुभव साझेदारी गर्ने तथा संविधान र ऐनको प्रभावकारी कार्यान्वयनमा सघाउने छ। १४ बुँदे घोषणापत्र जारी गर्दै सम्मेलन समेत सकिएको हो। समितिको राष्ट्रपति विद्यादेवि भण्डारीले सोमबार उद्घाटन गरेकी थिइन्।

मुख्य समाचार राजनीति समाचार