चैत १९मा जयनगर–कुर्था (जनकपुर) रेल्वेको उद्घाटन हुने

हेटौँडा/ १९ चैतमा जयनगर–कुर्था (जनकपुर) रेल्वेको उद्घाटन हुने भएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले भर्चुअल रुपमा सीमापार रेल सेवा सुरुवात गरेर रेलको उद्घाटन गर्ने तय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले बतायो । सन् २०१४ देखि रेलमार्ग स्तरोन्नतिका लागि भारतले रेल सेवा बन्द गरेको थियो ।

शुक्रबार भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रुपमा रेल जयनगर–कुर्था (जनकपुर) रेल सेवाको पुनः सुरुवात गर्नेछन् ।

रेल चलाउने गरी सरकारले ८ चैत २०७८ मा तेस्रोपटक रेलवे अध्यादेश जारी गरेको थियो । भारतले नेपालतर्फको खण्डलाई ब्रोडगेजमा विस्तार गरेर स्पिड टेस्ट पनि गरेपछि भारतले नेपाल रेल्वे कम्पनीलाई रेलमार्ग हस्तान्तरण गरेको थियो । ३४ किलोमिटरको जनकपुर–जयनगर रेलमार्गमा ब्रोड गेज विस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । सरकारले पुस २०७५ बाट नै जनकपुर–जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो ।

समाचार समाज