दुर्गा प्रसाईँको तरकारी बजार सञ्चालनमा, एमाले अध्यक्ष ओलीले उद्घाटन गर्दै

हेटौँडा / नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले तरकारी बजार सञ्चालनमा ल्याएका छन् । उनले भक्तपुरको सूर्यविनायकमा तरकारी बजार सञ्चालनमा ल्याएका हुन् ।

अरनिको राजमार्ग नजिकै रहेको ५० रोपनी जग्गामा प्रसाईँले सञ्चालनमा ल्याएको तरकारी बजारको बुधवार पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दै छन् । सूर्य विनायक हरित तथा कृषि थोक बजार प्रालीमा मंलगबार पत्रकार सम्मेलन गर्दै व्यवसायी प्रसाईँले आफूले जे गरे पनि स्वदेशमा नै गर्ने भनेर तरकारी बजार सञ्चालनमा ल्याएको बताए ।

२ हजार २ सय स्टल क्षमता भएको तरकारी बजार दुई अर्ब रुपैयाँ भन्दा धेरै लगानीमा सञ्चालनमा ल्याएको प्रसाईँले पत्रकार सम्मेलनमा दाबी गरे । बिचौलियाको अन्त्य गर्न र किसानलाई राहत दिन आफूले तरकारी बजार सञ्चालनमा ल्याएको उनको भनाई छ ।

प्रसाईँका अनुसार तरकारी बजारमा प्रत्यक्ष रूपमा ४ हजार ४ सय सय जनाले रोजगारी पाउने र १० हजार भन्दा धेरै किसानले अप्रत्यक्ष फाइदा लिने बताएका छन् ।

तरकारी बजार सञ्चालनमा आएको दुई वर्ष बिते पनि कोरोना महामारीका कारणले गर्दा उद्घाटनमा ढिलाइ भएको उनले बताएका छन् ।

समाचार समाज