विपद नियन्त्रणबारे हेटौंडामा सुरक्षा निकायको ‘डेमो’ प्रदर्शन

हेटौँडा/ जिल्ला विपद व्यवस्थापन समिति मकवानपुरले हेटौंडा विपद नियन्त्रणको तयारीबारे ‘डेमो’ गरेको छ ।

हेटौंडा–१० स्थित शिक्षा निर्देशनालय नजिकको चौरमा जिल्लाका सुरक्षा निकायले संयुक्त ‘डेमो’ गरेका हुन् । सुख्खायामको समयमा हुने हावाहुरी तथा आगलागी जोखिम नियन्त्रणका लागि सुरक्षाकर्मीहरुले कसरी काम गर्नेछन् भन्ने बारेमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगलागी नियन्त्रण एवं उद्धार कार्य कसरी गरिन्छ भन्ने बारेमा प्रदर्शन गरेको थियो ।

गोरख बहादुर गण सुपारेटार,सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण मकवानपुर, जिल्ला प्रहरी कार्यलय मकवानपुरको टोलीले डेमो गरेका थिए । कार्यक्रममा हेटौंडा उपमहानगरका प्रमुख हरि बहादुर महत, उपप्रमुख मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, चारवटै सुरक्षा निकायका प्रमुख, रेडक्रसका प्रतिनिधि, शिक्षक, विद्यार्थी र सर्वसाधारणको उपस्थिति रहेको थियो ।

समाज