९१ लाख लागतमा निर्माण सम्पन्न मनहरी २ को वडा कार्यालय भवन उद्घाटन

हेटौँडा/ मनहरी गाउँपालिका वडा नम्बर २ वडा कार्यालय भवन उद्घाटन गरिएको छ । उक्त भवन ९१ लाखमा लागतमा निर्माण गरिएको हो । २०७६ निर्माण कार्य शुरु गरेको उक्त वडा कार्यालय भवन २०७७ चैत्रमै सम्पन्न गरिएको थियो । २०७७ चैत्रमै निर्माण सम्पन्न भएपनि वडा कार्यालय भवनको उद्घाट्न केही समय ढिला गरिएको हो ।

वडाअध्यक्ष आनन्द घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मुक्तानले नबनिर्मित भवनको उद्घाटन गरेकी हुन् ।

भवन निर्माणको लागि स्थानिय समाजसेवी जय बहादुर घलानले २ गठा जग्गा दान दिएको थिए ।

 

 

 

 

समाज स्थानीय