‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय तह निर्वाचनमा भाग नलिने

हेटौँडा/ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय तह निर्वाचनमा भाग नलिने भएको छ । गएको सोमबार कपिलवस्तुमा सम्पन्न केन्द्रीय कमिटीको बैठकमा महासचिव विप्लवले राखेको स्थानीय निर्वाचनमा भाग लिने प्रस्ताव अल्पमतमा परेको थियो । त्योसँगै पार्टी निर्वाचनमा सहभागी नहुने भएको हो ।

निर्वाचनमा भाग नलिए पनि पार्टीले बहिष्कार भने नगर्ने भएको छ । विप्लव नेतृत्वको पार्टी निर्वाचन आयोगमा दर्ता समेत छैन ।

पार्टीले निर्वाचनमा भाग नलिने तर एमसीसीविरोधी, राष्ट्रवादी, देशभक्त उमेदवारलाई सहयोग गर्न सक्ने नेता धर्मेन्द्र बास्तोलाले जानकारी दिए । उनका अनुसार स्थानीयस्तरमा पार्टीका नेता–कार्यकर्ताले स्वतन्त्र समेत उमेदवारी दिन सक्नेछन् । उमेदवारी दिए पार्टीले अनुशासनको कारबाही गर्ने छैन ।

मुख्य समाचार राजनीति समाचार