सत्ता गठबन्धन दलको बैठक बिहीबार बस्दै

हेटौँड/ सत्ता गठबन्धन दलको बैठक बिहीबार बस्ने गरी बोलाइएको छ । स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । बैठक बिहीबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बोलाइएको हो ।

आगामी बैशाख ३० गते एकै पटक देशभरका ७५३ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा ५ दलीय सत्ता गठबन्धनमा रहेका दलहरु स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन सत्ता गठबन्धनको बैठक बोलाइएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले आवश्यकताअनुसार स्थानीय तहमा तालमेल गर्नसक्ने निर्णय गरिसकेका छन् ।

मुख्य समाचार राजनीति