थप २६ जनामा कोरोना पुष्टि

हेटौँडा/ नेपालमा पछिल्लो २४ घन्टामा थप २६ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १९२ जनाको कोरोना परीक्षण गर्दा २६ जनामा कोरोना पुष्टि भएको हो । जसमा ३ हजार ९४० जनाको पिसिआर र १ हजार २५२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । आलसम्म देशभर १ हजार १४६ जना सक्रिय संक्रमित रहेका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ। पछिल्लो २४ घण्टामा ७७ जना संक्रमित निको भएका छन्।

 

 

 

समाज