मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीले मासिक ५ हजार पाउने

हेटौँडा/ मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार भत्ता दिने प्रक्रिया अघि बढेको छ । स्वास्थ्य तथा जनसंख्याको नीति, योजना तथा अनुगमन महाशाखा देशभरका ७५३ स्थानीय तहबाट उक्त कार्यविधि अनुसार रकम उपलब्ध गराउन लागि पत्राचार गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ को मन्त्रीस्तरको सो रकम उपलब्ध गराउन कार्यविधि बनाएसँगै यस्ता बिरामीले मासिक भत्ता पाउने बाटो खुलेको हो । अबदेखि प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीले औषधि उपचारबापत मासिक ५ हजार पाउनेछन् ।

 

 

 

 

 

 

 

समाज स्वास्थ्य