आजको मौसम: केही स्थानमा वर्षाको सम्भावना

हेटौँडा/ मौसम पूर्वानुमान महाशाखाले हाल देशमा भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

आज दिउँसो: प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति: प्रदेश १ लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । ती प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै, भोलि शुक्रबार प्रदेश १ को थोरै र बागमती तथा गण्डकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

समाज