प्रधानमन्त्री देउवासँगै चार जना मन्त्री पनि भारत भ्रमणमा जाँदै

हेटौँडा प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारत भ्रमणमा जाँदैछन्। प्रधानमन्त्री देउवासँगै चार जना मन्त्री पनि भारत भ्रमणमा जानेछन्।

आज बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको छ। परराष्ट्र मन्त्री नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्य मन्त्री विरोध खतिवडा र कृषि मन्त्री महिन्द्र राय यादव भारत भ्रमणमा जाने स्रोतले जानकारी दिएको छ।

 

 

 

मुख्य समाचार राजनीति समाचार