मदन भण्डारी लोकमार्ग अन्तरगत रहेको बागमती पुल तीन दिन बन्द हुने

हेटौँडा/ मदन भण्डारी लोकमार्ग अन्तरगत सिन्धुली र मकावनपुर जिल्ला जोड्ने बागमती पुल तीन दिन अवरुद्ध हुने भएको छ। निर्माणाधीन पक्की पुलमा पिच गरिने भएपछि शुक्रबारदेखि आइतबारसम्म तीन दिन पुल बन्द हुने निर्माण कम्पनीले जनाएको छ। कालोपत्रे गर्दा बैकल्पिक मार्गको व्यवस्था नभएका कारण तीन दिनका लागि पुल सञ्चालनमा अवरोध हुने पुल निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवा प्रालीका साइड इन्चार्ज सन्तोष सापकोटाले बताए। पुल निर्माण कार्य नसकिंदै यातायातको सहजताका लागि सवारी साधन सञ्चान गर्न दिइएको थियो।

पुल निर्माणका क्रममा बैकल्पिक मार्ग प्रयोग गर्न यातायात व्यवसायी तथा यात्रुहरूलाई अनुरोध गरिएको छ। मदन भण्डारी लोकमार्ग अन्तरगत हेटौंडा-सिन्धुली-गाईघाट-चतरा सडक निर्माणाधीन रहेको छ। यो मार्ग महेन्द्र राजमार्गको बैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएका छ।

समाज