निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक आज बिहीबार पनि बस्दै

हेटौँडा/ नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक आज बिहीबार पनि बस्दैछ । समितिले पूर्णता पाएपछि यो नै पहिलो बैठक हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो २ बजे चुनाव परिचालन समितिको बैठक बस्ने जानकारी दिए । बैठकमा स्थानीय तह निर्वाचनको तयारी र टोल–टोलसम्म पार्टीको चुनाव प्रचार र परिचालनका विविध विषयमा छलफल हुने उनले बताए ।

उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको निर्वाचन परिचालन समितिमा सभापति शेरबहादुर देउवाले बुधबार उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित ५५ जना सदस्य मनोनीत गरेपछि समितिको पूर्ण बैठक बस्न लागेको हो ।

 

 

मुख्य समाचार राजनीति समाचार