उपमहानगरपालिकामा मात्रै एक लाख चार हजार ४ सय ७३ जना मतदाता

हेटौंडा/  उपमहानगरपालिकामा एक लाख चार हजार ४ सय ७३ जना मतदाता रहेका छन् । पहिलेको चुनाबमा भन्दा धेरै मतदात थपीएका पनि छन् । पहिलेको चुनाबलाई आकलन गरेर अहिले फेरी त्यही मतलाई पाटीहरुले हिसाब गरेपनि यहाँ मतदाताहरु भने निकै बढेका छन् ।

बागमति प्रदेशको एक मात्र हेटौंडा उपमहागरपालिका २० हजार ८ सय ३४ मतदाता बढेका छन् । पाँच वर्ष अघि पुरुष ४० हजार २ सय १२ र महिला ४३ हजार ४ सय २५ गरी ८३ हजार ६ सय ३९ मतदाता रहेको थिए । अहिले बढेर पुरुष ५० हजार ७ सय २५ र महिला ५३ हजार ७ सय ४५ गरी एक लाख चार हजार ४ सय ७३ पुगेको निर्वाचन आयोगले जनाएको छ ।

समाचार समाज