चुनावमा विदेशी नम्बर प्लेटको गाडी प्रयोग गर्न नपाइने व्यवस्थाप्रति मधेश केन्द्रित दलको असन्तुष्टि

हेटौँडा/ स्थानीय चुनावमा विदेशी नम्बर प्लेटको गाडी प्रयोग गर्न नपाइने व्यवस्थाप्रति मधेश केन्द्रित दलले असन्तुष्टि जनाएका छन् । निर्वाचन आचार संहितामा रहेको यो व्यवस्थालाई लिएर मधेश प्रदेशका दलका प्रतिनिधिले गुनासो गरेको पूर्वकानुन सचीव माधव पौडेलले बताए ।

निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाहरुको विषयक कार्यक्रममा प्रस्तुतीकरण गर्दै उनले यस्तो जानकारी दिएका हुन । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन आचारसंहितामामा उम्मेदवारले निर्वाचन अधिकृतको अनुमति लिएर बढीमा दुई पाङ्ग्रे, तीन पाङ्ग्रे वा चार पाङ्ग्रे हलुका सवारी साधन प्रयोग गर्न सक्ने उल्लेख छ जुन नेपाली नम्बर प्लेट हुनुपर्छ । सवारी साधन नचल्ने ठाउमा बढीमा चार वटा घोडा प्रयोग गर्न पाउने भनिएको छ ।

 

 

निर्वाचन खर्चको सिमा २५ हजारदेखि ७ लाख ५० हजारसम्म तोकिएको छ । पालिका सदस्यले बढीमा २५ हजार रुपैयाँ मात्र खर्च गर्न पाउछ भने महानगरपालिकाको मेयर तथा उममेयरले ७ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने सीमा छ । निर्वाचन आयोगका सचीव गोकर्णमणि दवाडीले तोकिए भन्दा बढी खर्च गर्नेलाई अनुगमन समितिले सिफारिस गर्ने र सिफारिस अनुसार कारबाही हुने बताए । उनका अनुसार आचारसंहितामा उलंघन भएको जानकारी जो कोहीले पनि गर्न सक्छ ।

 

मुख्य समाचार राजनीति समाचार