चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा भोलिबाट सुरु

हेटौँडा/ चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा भोलि शुक्रबारबाछ सुरु हुँदैछ । परीक्षा भोलिदेखि आइतबारसम्म संचालन हुनेछ । परीक्षामा ३४ हजार ६ सय ६५ परीक्षार्थीहरु सहभागी हुने चिकित्सा शिक्षा आयोगले जनाएको छ ।

आयोगका अनुसार पहिलो दिन १९ हजार ५०८, दोस्रो दिन १२ हजार २६२ र तेस्रो दिन २,८९५ परीक्षार्थी गरी कूल ३४ हजार ६६५ परीक्षार्थीहरू परीक्षामा सहभागी हुने भएका हुन् । आयोगले परीक्षालाई मर्यादित र व्यवस्थित तुल्याउनका लागि आवश्यक सहयोग गर्न सबैमा अनुरोध गरेको छ ।

आयोगले विज्ञप्ति जारी गर्दै परीक्षाजस्तो संवेदनशील विषयमा भ्रामक र अनधिकृत प्रचारबाजी कोही कसैबाट नगर्न, नगराउन आग्रह समेत गरेको छ ।

शिक्षा समाज