भीमफेदी कारागारमा स्वास्थ्य साम्रगी वितरण

हेटौँडा/ मकवानपुरको भीमफेदीमा रहेको भीमफेदी कारागारमा स्वास्थ्य साम्रगी वितरण गरिएको छ।

सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगर एवं सेवाको लागी युवा मकवानपुरले भिमफेदी-६ मा रहेको भिमफेदी कारागारमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

सेवाको लागि युवा टिम लिडर विबश सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम बिष्टको प्रमुख आथित्यता रहेको थियो ।

केन्द्रका अध्यक्ष राम बिष्टले कारागार प्रमुख मदन लामा थिङ्ग लाई अक्सिजन सिलिन्डर ,गोल्प्स ,माक्स ,सेनिटाइजर र १ हजार लिटरको पानी ट्याङ्की हस्तान्तरण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बिष्टले कारागारमा रहेका व्यक्तिहरू कानुनमा दोषी भए पनि समुदाय कै नागरिक भएको हुनाले तपाई हाम्रै दाइत्व भएकोले सबैले सहयोग गर्नु पर्ने बताउदै यहाँ आएर सामाग्री हस्तान्तरण गर्न पाउदा खुशी लागेको भन्दै पुनः सहयोगको गर्ने बताएका थिए । कारागार प्रमुख लामाले कैदी जिवन बिताइरहेकाको राज्यले केही अधिकार खोसे पनि उनिहरूका मानवअधिकार कायम रहेको जनाउदै नेपाल सरकारले मात्र आधारभुत आवश्यकता पुरा गर्न नसक्ने भएकाले यस्ता खाले सहयोगले टेवा दिने धारणा राखेका थिए ।

हस्तान्तरण कार्यक्रममा सह (सेनानी सुरज बस्नेत ,ईलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरिक्षक सुरेन्द्र श्रेष्ठ ,केन्द्रका निबर्तमान अध्यक्ष कुमार पौडेल ,सचिबालय सदस्य नबराज कोइराला लगायतको उपस्थिति रहेको थियो । प्रष्टखबरबाट

समाज