मानव अधिकार एलायन्स मकवानपुरको अध्यक्षमा न्यौपाने

हेटौंडा / नेकपा एमालेको जनवर्गीय संगठन मानवअधिकार एलायन्स मकवानपुरको अध्यक्षमा रामचन्द्र न्यौपाने निर्वाचित भएका छन ।
गैर सरकारी संस्था महासंघ मकवानपुरको हलमा बिहीबार सम्पन्न एलायन्सको छैठौं जिल्ला अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा राधिका चौलागाई, सचिवमा सम्राट सिलवाल, कोषाध्यक्षमा विवश अधिकारी चयन भएका छन । यस्तै सदस्यहरुमा प्रविण गौतम, नवराज पौडेल, कुमारी वाइवा, चन्द्रावती पनेरु, सुमित्रा श्रेष्ठ, मनिषा धले गुरुङ र कमला कार्की चयन भएको निर्वाचन समितिका सदस्य आशाकाजी श्रेष्ठले जानकारी दिए । एलायन्सको बिधान बमोजिम जिल्ला कमिटीमा थप ४ जना सदस्य पहिलो बैठकबाट मनोनयन गरिने अध्यक्ष न्यौपानेले जानकारी दिए ।

एलायन्स मकवानपुरका अध्यक्ष तुलसी रिजालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवम् मकवानपुर ईन्चार्ज रामेश्वर राना, नेकपा एमाले जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ,
जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष शिवहरी दाहाल, एलायन्सका जिल्ला सल्लाहाकार आशाकाजी श्रेष्ठ, अधिवक्ता मुकुन्द अधिकारी, जनसाहित्य मञ्च बागमती प्रदेश अध्यक्ष मसान उपासकलगायतको आतिथ्यता थियो ।

 

मुख्य समाचार राजनीति समाचार समाज स्थानीय