सहकारी दिवसको अवसरमा हेटौंडामा २५ जनाले गरे रक्तदान

१८ चैत्र ,हेटौंडा – सहकारी दिवसको अवसरमा आज शुक्रबार  आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् । हेटौंडाको बुद्धचोकमा कार्यक्रम आयोजना गरिएको हो ।

६५ औं राष्ट्रिय सहकारी दिवस को अवसरमा बागमती प्रदेश स्तरीय मुल आयोजक समितिले कार्यक्रमको आयोजना गरेको हो । बिहान ७ बजे आयोजना गरिएको कार्यक्रममा ५ जना महिला र २० जना पुरुष गरि २५ जनाले रक्तदान गरेको मुल आयोजक समितिका सदस्य राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखा प्रमुख रामेश्वर अर्यालले बताउनुभयो ।

मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश भुमि ब्यवस्था ,सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव बलराम निरौलाको प्रमुख आतिथ्यता रहेकोे थियो ।

कार्यक्रममा ६५ औं राष्ट्रिय सहकारी दिवस बागमती प्रदेश मुल समारोह समितिका संयोजक नारायण प्रसाद देवकोटा , बागमती प्रदेश सहकारी महाशाखाका रजिस्ट्रार नारायण प्रसाद ज्ञवाली , राष्ट्रिय सहकारी महासंघ नेपालका निवर्तमान संचालक बद्री प्रसाद लम्साल , प्रदेश बचत तथा ऋण सहकारी संघका संचालक राधा सिंतान , मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी , मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने , जिल्ला कृषि सहकारी संघ मकवानपुरका संचालक राजु दर्लामी लगायतकाको उपस्थिति रहेको थियो ।

राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाका प्रमुख रामेश्वर अर्यालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडाका सदस्य राजु गौतमले गर्नुभएको थियो ।

‘मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मुल नाराका साथ मनाउन लागिएको सहकारी दिवस अन्तरगत भोलि बिहान हेटौंडा अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गर्ने कार्यक्रम रहेको मुल आयोजक समितिका संयोजक नारायण प्रसाद देवकोटाले बताउनु भएको छ ।

प्रदेश समाचार बागमती प्रदेश मुख्य समाचार समाज सहकारी