सहकारी दिवसको अवसरमा हेटौंडा अस्पतालका बिरामीलाई फलफूल वितरण

१९ चैत्र ,हेटौंडा – ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिबार बागमती प्रदेशको राजधानी हेटौंडमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको छ । मकवानपुर बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष एवम् सहकारी दिवस समारोह मुल समितिका सदस्य रामहरि न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो ।

बागमती प्रदेश भुमि ब्यवस्था ,सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी महाशाखाका रजिस्ट्रार नारायण प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

मूल समारोह समितिको आयोजना, मकवानपुर जिल्ला दुग्ध सहकारी संघ, बहुउद्देश्यीय सहकारी संघ मकवानपुर, कृषि सहकारी संघ मकवानपुरको ब्यवस्थापनमा हेटौंडा अस्पतालका बिभिन्न वार्डमा उपचाररत बिरामीहरुको स्वास्थ्यलाभको कामना सहित फलफूल वितरण गरिएको कृषि सहकारी संघ मकवानपुरका सञ्चालक राजु दर्लामीले बताउनुभयो ।

कार्यक्रममा मूल समारोह समितिका संयोजक राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटा, अस्पतालका अध्यक्ष /रजिष्ट्रार राजेश प्रसाई, राष्ट्रिय सहकारी महासंघका पूर्व सञ्चालक बद्री प्रसाद लम्साल, बागमति प्रदेश सहकारी संघका सञ्चालक मेनुका दाहल, बागमति प्रदेश बचत तथा ऋया सहकारी संघका उपाध्यक्ष राधा सिन्तान, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका अध्यक्ष कल्पना श्रेष्ठ, जिल्ला दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष धर्मराज लामिछाने, जिल्ला कृषि सहकारी संघ मकवानपुरका सञ्चालक राजु दर्लामी, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख रामेश्वर अर्याल, नेफ्स्कुन हेटौडाका फिल्ड कार्यालय सदस्य राजु गौतम,खरिपाटी डेरी भक्तपुरका संचालक विश्वराम खड्का लगायतकाको सहभागिता रहेको थियो ।

सहकारी दिवस कार्यक्रम नै अन्तरगत हिजो शुक्रवार हेटौंडामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा ५ जना महिला र २० जना पुरुष गरि २५ जनाले रक्तदान गरेका थिए । कार्यक्रमको ब्यवस्थापन मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ, राष्ट्रिय सहकारी बैंक हेटौंडा र नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडा ले गरेका थिए ।

सहकारी दिवसकै अवसरमा भोली चैत्र २० गते आईतबार ¥याली सहित प्रवचन, सम्मान बितरण र साँझ दिप प्रज्वलन सहित समापन गरिने मूल समारोह समितिका संयोजक नारायण प्रसाद देवकोटाले बताउनुभयो । शनिवार बिहान ७ः३० बजे भुटादेबी माबि, हेटौंडको चौरबाट ¥याली सुरु भई रोयल पार्टी प्यालेस हेटौंडामा समापन समारोह हुने संयोजक देवकोटाले बताउनुभयो । राष्ट्रिय सहकारी दिवस २०७८ को अवसरमा शनिवार साँझ प्रदेशका सबै सहकारी संघ÷संस्थाहरुले दिपावली गरि मनाउन संयोजक देवकोटाले अनुरोध गर्नुभएको छ ।

‘मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मुल नाराका साथ सहकारी दिवस मनाउन लागिएको छ ।

बागमती प्रदेश मुख्य समाचार सहकारी