माधव नेपालसहित १४ सांसदविरुद्धको रिटको अन्तिम सुनुवाइ आजदेखि

हेटौँडा/ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आजदेखि हुने भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गरेका नेपालसहित १४ जना सांसद्विरुद्ध दायर गरेको रिटमा सर्वोच्चले यसअघि अन्तिम सुनुवाइका लागि चैत २० गते पेसी तोक्न आदेश जारी गरेको थियो। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको इजलासले सो रिटलाई पूर्ण सुनुवाइमा लैजाने निर्णय गरेको हो।

एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी गठन गरेका नेपालसहित १४ जना सांसद्को पद खारेजी तथा दल दर्ता अवैधानिक भएको दाबीसहित एमाले अध्यक्ष ओलीले सर्वोच्चमा रिट दायर गरेका थिए। दुवै पक्षको बहसपछि सर्वोच्चले आफ्नो फैसला सुनाउने छ। सर्वोच्चले सुनाउने फैसलाले एकीकृत समाजवादीको भविष्य निर्धारण हुनेछ।

सर्वोच्चले तत्कालीन समयमा जारी भएको राजनीतिक दलसम्बन्धी अध्यादेशदेखि सभामुख अग्नि सापकोटाले कारबाहीको सूचना टाँस नगरेको विषयसम्मलाई सम्बोधन गर्नुपर्नेछ।

मुख्य समाचार राजनीति समाचार