मकवानपुरमा विभिन्न पार्टी परित्याग गरि ३१ जना एमालेमा प्रवेश

हेटौँडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिको १२ नंबर वडामा विभिन्न पार्टी परित्याग गर्दै ३१ जना नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

हेटौंडा-१२ को भोर्ले डाडा टोल भेला तथा कमिटी गठन कार्यक्रममा नेपाली काङ्ग्रेस लगायत अन्य दल छोडेर एमाले प्रवेश गरेका हुन् । उनिहरुलाई एमाले नेता तथा बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणि पौडेल र नेकपा एमालेका केन्द्रीय सदस्य जुनेली श्रेष्ठले खादा तथा टिका लगाएर एमालेमा प्रवेश स्वागत गरेका हुन् ।

कार्यक्रममा बोल्दै नेता पौडेलले मुलुक हाक्ने पार्टी नेकपा ९एमाले० मात्र भएको बताए । हाल एमालेमा प्रवेशको लहर देशब्यापी रहेको भन्दै एमाले छोड्नेको सङ्ख्या नरहेको बताए ।

बिकास र समृद्धिको पर्यायवाची भनेको नेकपा एमाले रहेको उनले प्रष्ट पारे । अहिले सत्तापक्षको गठबन्धन भएपनि एमाले एक्लैले परास्त गर्ने क्षमता रहेकोमा जोड दिए । यस्तै केन्द्रिय सदस्य जुनेली श्रेष्ठले बिकासको लहर एमाले नेतृत्व सरकार भएको बेला मात्र भएकोले एमाले प्रति आकर्षण बढेको बताईन् ।

१२ नम्बर वडाध्यक्ष बखान सिंह लामाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सदस्यहरु जगन्नाथ पाण्डे, आरती पाठक, रुक्मिणी स्याङ्तान,राष्ट्रिय युवा सङ्घ हेटौंडा उपमहानगरपालिका अध्यक्ष राजेश नगरकोटी, एमाले नेता अर्जुन पौडेल, ज्ञान बहादुर श्रेष्ठल, रामचन्द्र स्याङ्बो लगायत सहभागी थिए । कार्यक्रममा अमृत थिङको अध्यक्षतामा निर्बिरोध भोर्ले डाडा टोल कमिटी गठन गरिएको छ । खबरब्रेकबाट साभार

मुख्य समाचार राजनीति समाचार