यसरी मनाइयो हेटौँडामा राष्ट्रिय सहकारी दिवस

हेटौँडा/ ६५ औं राष्ट्रिय सहकारी दिवस हेटौँडामा धुमधामले मनाइएको छ । मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने नाराका साथ बागमती प्रदेश स्तरीय ६५ औं राष्ट्रिय सहकारी दिवस २०७८ हेटौंडामा मनाइएको छ । बागमती प्रदेश सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलले ६५ औं राष्ट्रिय सहकारी दिवसको उद्घाटन गरेका थिए ।

हेटौंडा ४ स्थित भुटनदेवी माविको प्राङगणबाट विभिन्न सहकारीका नारा लगाउदैं बजार परिक्रमा गरि रोयल पार्टी प्यालेसमा पुगेर सभामा परिणत भएको थियो ।

दिवसकै अवसरमा तीन दशक लामो समय सहकारी क्षेत्रमा रहि विभिन्न कार्य गर्दै आएका सहकारी अभियान्ता, सहकारी महासंघ पूर्व संचालक, जिल्ला सहकारी संघका पुर्व अध्यक्ष बद्री प्रसाद लम्साललाई कदरपत्रका साथ सम्मान गरिएको थियो । सोही क्रममा नेपालकै पहिलो सहकारी चितवन, भरतपुर १९ को बखान बहुउद्देश्यीय सहकारी संस्थालाई सम्मान गरिएको छ ।

प्रभातफेरीमा उत्कृष्ट प्रदर्शन गरिएको भनि हेटौंडा ११ को बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था प्रथम, हेटौंडा १३ को महिला मिलन बचत तथा ऋण सहकारी संस्था द्धितीय र हेटौंडा १३को महिला सेवा बचत तथा ऋण सहकारी संस्था तृतीय हुदैं पुरस्कार प्रदान गरिएको थियो । यस्तै, प्रभातफेरीमा युवा बचत तथा ऋण सहकारी संस्था र साना किसान कृषि सहकारी संस्था हाडीखोलाले नौमती पञ्चेबाजा बजाएको थियो भने हेटौंडा ९ मा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्थाले खैजेडी भजन प्रस्तुत गरेका थिए । सोही अवसरमा यी तीनै सहकारीलाई पुरस्कृत समेत गरिएको थियो ।

कार्यक्रममा कार्यक्रम मुल समारोह संयोजक तथा प्रदेश सहकारी बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाले प्रदेशभरका सहकारी क्षेत्रका समस्या, चुनौती, र अवस्थाबारे प्रष्टाएका थिए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव बलराम निरौला, नारायण प्रसाद ज्ञवाली, प्रजिअ भरतमणि पाण्डे, जिसस प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, नेफ्स्कुन उपाध्यक्ष शान्ति अधिकारी, बचत संघ प्रदेश अध्यक्ष उद्धव सापकोटा, सहकारी संघका पूर्व अध्यक्ष बद्री प्रसाद लम्साल, भीमफेदी गाउँपालिका उपाध्यक्ष पार्वती राना, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, प्रदेश सहकारी संघका सदस्य मेनुका दाहाल, हेटौंडा उपमहानगर सहकारी शाखा प्रमुख हिम प्रसाद पौडेल, पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारुमगर लगायत विभिन्न विषयगत सहकारी संस्था अध्यक्ष, तथा समिति, शेयर सदस्य र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

समाचार समाज सहकारी