आजको मौसम: पहाडी भू–भागमा आंशिक बदली

हेटौँडा/ जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आजपनि देशका अधिकांश भू–भागमा मौसम बदली रहने जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको हुँदा प्रदेश १ तथा मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज दिउँसो: प्रदेश नं। १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । प्रदेश नं १ को पहाडी भू–भागका केही र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा भने मेघ गर्जन÷चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

आज राति: प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

महाशाखाले प्रदेश नं. १ को पहाडी भू–भागका केही र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको तथा पश्चिम तराईका भू–भागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेकोले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको ।

समाज