आजबाट टाइफाइडविरुद्धको खोप अभियान सुरु

हेटौँडा/ आजबाट टाइफाइडविरुद्धको खोप अभियान सुरु हुँदैछ । वैशाख १८ गतेसम्म चल्ने अभियानमा बालबालिकालाई एकै चरणमा खोप दिने मन्त्रालयले जनाएको छ । आजबाट खोप अभियान सुरु भएपनि प्रधानमन्त्री शेर बहादुर देउवाले भने हिजै खोप अभियानको उद्घाटन गरेका थिए ।

सरकारले टाइफाईड रोगको जोखिमबाट जोगाउन १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउँदै छ । सरकारले खोप अभियानमा देशभरका झन्डै७५ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ ।

यो खोप सुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहमा देशैभर अभियानमार्फत सञ्चालन गरी त्यसपछि नियमित खोपमार्फत १५ महिनाका बालबालिकालाई निरन्तर उपलब्ध गराइने छ । खोप अभियानका लागि देशभर ५० हजार केन्द्र तोकिएको छ ।

 

समाचार समाज स्थानीय स्वास्थ्य