मकवानपुरगढीमा चैत्र २५ गते देखी टाईफाईड बिरुद्धको खोप अभियान शुरु हुने

२४ चैत्र, मक्रान्चुली- मकवानपुरगढी गाउँपालीकामा भोलि चैत्र २५ गते शुक्रबार देखी टाईफाईड बिरुद्धको खोप अभियान शुरु हुने भएको छ । खोप अभियान चैत्र २९ गते सम्म संचालन हुनेछ । टाईफाईडबिरुद्धको खोप अभियानबारे स्वास्थ्य शाखाले अन्तरकृया कार्यक्रम आयोजना गरेर जानकारी दिएको हो ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख ध्रुर्ब प्रसाद लामिछानेले टाईफाईडबिरुद्धको खोप अभियानको बारेमा जानकारी दिनु भएको थियो । यो अभियानमा मकवानपुरगढी गाउँपालीकाका १५ महिनादेखि १५ वर्ष मुनिका ५ हजार ३ सय ३५ जना बालबालिकाहरुलाई खोप लगाउने तयारी भैरहेको प्रमुख लामिछानेले जानकारी दिनु भयो ।

खोप अभियान सञ्चालनको लागि गाउँपालीकाभरका स्वास्थ्य संस्था, विद्यालय सहित ३५ वटा खोप केन्द्र निर्धारण गरिएको छ । हरेक बच्चा जन्मिएको १५ महिनाको उमेर लगाउने गरी टाइफाइड खोप नियमित गर्न लागिएको समेत जनाइएको छ । खोपको रोग प्रतिरोधात्मक क्षमता ९६ दशमलव ९५ प्रतिशत रहेको जनाइएको छ ।

मकवानपुरगढी गाउँपालीकाकी उपाध्यक्ष हर्कमाया रुम्बाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ,प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनी, शाखा प्रमुखहरु, राजनीतिक दल तथा संघ-संस्थाका प्रतिनिधि एवम् पत्रकारको सहभागिता रहेको थियो ।

बागमती प्रदेश मुख्य समाचार समाचार स्थानीय स्वास्थ्य