वडा भित्रका बिभिन्न क्षेत्रमा आबद्ध भई योगदान पुर्याएका ब्यक्तीत्वहरुलाई सम्मान

२४ चैत्र, मक्रान्चुली- मकवानपुरगढी गाउँपालीका वडा नम्बर ३ कार्यालयले आज वडा भित्रका बिभिन्न क्षेत्रमा आबद्ध भई योगदान पुर्याएका ब्यक्तीत्वहरुलाई सम्मान गरेको छ ।

गाउँपालिका उपाध्यक्ष हर्कमाया रुम्बाको प्रमुख आतिथ्यता र वडा नम्बर ३ का वडा अध्यक्ष भागबत घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जील्ला बिकास समिति मकवानपुरका पुर्ब उप सभापति बद्रिप्रसाद लंसाल, गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत राम कुमार पुडासैनी, लगायत राजनितिक दलका प्रतिनिधि र वडा बसीको सहभागिता रहेको थियो ।

वडा कार्यालयले ८० बर्ष उमेर माथिका बृद्ध बृद्धा र ७० बर्ष माथिका एकल महिलाईहरुलाई पनि सम्मान गरेको छ। कार्यालयले गाबिसका पुर्ब अध्यक्षहरु लगायत जनप्रतिनिधि, शिक्षा, स्वास्थ्य , सुरक्षा क्षेत्रमा योगदान पुर्याएर निबृत भएका राष्ट्र सेवक कर्मचारीहरु लगायत करिब दुईसय जनालाई सम्मान गरेको थियो ।

यसैगरी बिभिन्न संघ संस्थाका प्रति निधि , डाक्टर , ईन्जिनियर, पत्रकार लगायतलाई दोसल्ला र सम्मान पत्रबाट सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानित ब्यक्तीहरु जील्ला बिकास समिति मकवानपुरका पुर्ब उप सभापति बद्रिप्रसाद लंसाल, गाबिसका पुर्ब अध्यक्ष हरि प्रसाद अधिकारी , प्रितमराम रुम्बा, राजनितिक दल एबं बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत सम्मानित ब्यक्तीहरुले मन्तब्य ब्यक्त गरेका थिए ।

बागमती प्रदेश मुख्य समाचार रोचक समाचार स्थानीय