मक्रान्चुली सामुदायिक स्वास्थ्य इकाईको नवनिर्मित भवन उद्घाटन

२४ चैत्र , मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा मक्रान्चुली सामुदायिक स्वास्थ्य इकाईको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बाले बिहीवार आज नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा मकवानपुर जिल्ला विकास समितिका पुर्व उपसभापति बद्री प्रसाद लम्साल ,मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी , ३ नम्बर वडाका वडाध्यक्ष भागवत घिमिरे , ४ र ७ नम्बर वडाका वडाध्यक्षहरु क्रमशः रामप्रसाद तिमल्सिना र सुर्यबहादुर रुम्बा , राजनीतिक दल एवम् विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतकाको उपस्थिति रहेको थियो ।

संघीय सरकार अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०७७/०७८ को बजेटबाट करिब २१ लाख रुपैयाँको लागतमा ४ कोठे भवन निर्माण गरिएको हो । भवन निर्माणको ठेक्का आर.बी. बिल्डर्सले पाएको थियो ।

अर्थ मुख्य समाचार स्वास्थ्य