जेठ १ गतेदेखि सवारी लाइसेन्सको आवेदन खोल्ने

  • नयाँ सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि जेठ १ गतेदेखि मात्र नयाँ आवेदन खोल्ने तयारी गरेको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिएका छन्। त्यसअघि अहिलेसम्म परीक्षा गरिएकाको ट्रायल सक्ने योजना रहेको बताएका हुन् ।

पुरानो आवेदनका परीक्षार्थीका परीक्षा सकेपछि नयाँ आवेदन खोल्ने र एक साताभित्रै परीक्षा लिने व्यवस्था मिलाउने विभागले जनाएको छ।


नयाँ लाइसेन्सका लागि करिब ६ लाखले आवेदन दिएका थिए। यो संख्या कम भएपछि मात्रै विभागले नयाँ आवेदन खुला गर्नेछ। परीक्षामा उत्तिर्ण भइसकेकाहरूकै लाइसेन्स दिन विभागले ढिलाइ गरिरहेको जनाइएको छ।


यातायात व्यवस्था विभागका अनुसार गत चैत १ गतेदेखि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरिएको थियो।

समाचार समाज