मकवानपुरे गायिका सरु कार्कीको “रेशम डोरीको” म्युजिक भिडियो सार्वजनिक

२६ चैत्र ,हेटौंडा – मकवानपुरे नव गायिका सरु कार्कीको “रेशम डोरीको” म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो हिजो सार्वजनिक गरिएको गायिका कार्कीले बताएकी छन् ।

लोक गायक राजु बिरही सापकोटा र सरु कार्कीको स्वर रहेको नौ मिनेट बयालीस सेकेन्डको भिडियोमा गायक राजु बिरही सापकोटा र निहारीका थापाले अभिनय गरेका छन् ।

हेटौंडा घर भएकी नव गायिका कार्कीको मुख्य लगानी रहेको एल्बममा गायक राजु बिरहीको शब्द तथा संगीत रहेको छ भने मिलन फिल्मस् प्रोडक्सन प्रा.लि. ले भिडियो उत्पादन गरेको हो ।

आफ्नो पहिलो गीत भएकोले मकवानपुरे सबैको साथ र सहयोग पाउने गायिका कार्कीले अपेक्षा गरेकी छन् ।

( म्युजिक भिडियो- रेशम डोरीको )

भिडियो मनोरञ्जन